प्राधिकरणबाट सरुवाको अधिकार खोस्ने कदमबाट पछि हटे ऊर्जामन्त्री खड्का

सोमबार, ३० असार, २०८२
डिजिटल संस्करण
प्राधिकरणबाट सरुवाको अधिकार खोस्ने कदमबाट पछि हटे ऊर्जामन्त्री खड्का

कर्मचारीले मन्त्री खड्कालाई सञ्चालक समिति बैठकमा बस्न छेकेर धर्ना दिएपछि भयो सहमति

ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा अधिकार आफूमातहत ल्याउने कदमबाट तत्कालका लागि पछि हटेका छन् । मन्त्री खड्काले गत २२ असारमा सञ्चालक समितिको बैठकबाट विद्युत् प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली, ०७५ संशोधन गर्दै हाल कार्यकारी निर्देशकसँग भएको १०औँ र सोभन्दा माथिल्लो तहका कर्मचारीको सरुवा, बढुवा, बिदा, काज खटाउने अधिकार सञ्चालक समितिमा राख्ने निर्णय गरेका थिए । विनियमावली  स्वीकृतिका लागि लोकसेवा पठाउने निर्णय पनि भएको थियो ।

तर, विद्युत् प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएपछि उनी तत्कालका लागि पछि हटेका हुन् । आइतबार कर्मचारीको धर्नापछि सञ्चालक समिति, ऊर्जासचिव सुरेश आचार्य र कर्मचारीबिच विनियमावली संशोधनको निर्णय तत्काल कार्यान्वयन नगर्ने लिखित सहमति भएको छ ।

छलफलमार्फत मात्र विनियमावली  संशोधन गरेर अघि बढाउने सहमति भएपछि कर्मचारीले मन्त्री खड्कालाई बैठकमा बस्न दिएका थिए । त्यसअघि प्राधिकरणका कर्मचारीहरूले कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघको नेतृत्वमा आइतबार सञ्चालक समितिको बैठक बस्ने कोठाको बाहिर धर्ना दिएका थिए । ऊर्जासचिव सुरेश आचार्य र सञ्चालक बलबहादुर पराजुली रहने गरी छलफल समिति पनि गठन गरिएको छ । 

राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले कर्मचारी सरुवाको अधिकार सञ्चालक समितिमा लैजानु गलत भएको बताए । ‘कार्यकारी निर्देशकलाई सरकारले निश्चित कार्यदेश दिएर नियुक्त गरेको हुन्छ । 

सुझावित समाचार