टी–२० विश्वकप छनोट तयारीका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा

आइतबार, २९ असार, २०८२
डिजिटल संस्करण

आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी–एसिया–प्रशान्त क्षेत्रीय छनोट तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले प्रतिबन्ध फुकुवा भएका मोहमद आदिल आलमसहित ३२ जनालाई बन्द प्रशिक्षणमा बोलाएको हो।

बन्द प्रशिक्षणमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, गुलशन झा, नन्दन यादव, अनिल शाह, भीम सार्की, कुशल मल्ललाई बाेलाइएकाे छ।

यसैगरी, सन्दीप जोरा, विवेक यादव, रिजन ढकाल, प्रतिश जिसी, कमलसिंह ऐरी, सागर ढकाल, रूपेश सिंह, बसिर अहमद, शाहब आलम, युवराज खत्री, किरण ठगुन्ना, लोकेश बम, आकाश चन्द, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती छन्।

एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोटका लागि नेपाल नेपाल समूह ‘बी’मा छ। नेपालको समूहमा बलियो कुवेत र जापान छन्। छनोट खेल आगामी ८ देखि १७ अक्टोबरसम्म ओमानमा हुनेछ ।

सुझावित समाचार