भोलि प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा सम्बोधन गर्ने

आइतबार, २९ असार, २०८२
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार संसद्लाई सम्बोधन गर्ने भएका छन्।

प्रचण्डले भोलिको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने जानकारी दिँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सबै सांसदलाई अनिवार्य बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेलाई बोलाइएको छ।

सुझावित समाचार