पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

शनिबार, २८ असार, २०८२
डिजिटल संस्करण

पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । 

उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको दाहसंस्कार भोलि गरिनेछ। 

इलाले ०६९ देखि ०७५ सम्म निर्वाचन आयोगमा आयुक्तको जिम्मेवारी सम्हालेकी थिइन् । शर्माको जन्म धनुषामा भए पनि उनी बनारसमा हुर्किएकी थिइन् । इला प्राध्यापन, पत्रकारितामा समेत संलग्न थिइन् ।

सुझावित समाचार