उद्योग परिसंघको अध्यक्षमा पाण्डे सर्वसम्मत

योगदान दिने विभिन्न संस्था तथा कम्पनी सम्मानित

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघ (सिएनआई)को अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा बुधबार राजधानीमा सम्पन्न परिसंघको २२औँ वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधानअनुरूप स्वत: अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका उनी ०७५ देखि परिसंघको उपाध्यक्ष थिए । परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई शपथग्रहण गराउँदै पदभार हस्तान्तरण गरे । 

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् उपाध्यक्षहरूमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित भए । यसैगरी, परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, विदुषी राणा र प्राची अग्रवाललाई मनोनीत गरिएको परिसंघले जनाएको छ । त्यसअघि परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्याउन सक्रिय रूपमा लाग्ने बताए । उनले निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाई दिए । नवनिर्वाचत अध्यक्ष पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथग्रहण गराए । 

साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलनबाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुणकुमार तोदी, दीपककुमार अग्रवाल र रोहित गुप्ता निर्वाचित भएका छन् । 

त्यस्तै, अन्य परिषद् सदस्यमा हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाणकुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमितकुमार बेगानी, गौरव शारडा, दिलीप अग्रवाल, यश अग्रवाल, सन्दीप शारडा, राजीव गुप्ता रहेका छन् । यसैगरी, सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, ध्रुव रिजाल, सञ्जय गोल्छा, वर्षा श्रेष्ठ, राजबहादुर शाह, विदुषी राणा, लक्ष्मीप्रसाद सुवेदी, आशिष जजोडिया, पम्फा धमला, मनीषकुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, वसन्तबहादुर चन्द, चन्द्र टन्डन पनि परिसंघको राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका हुन् । 

यसअघि मंगलबार आयोजित साधारणसभा उद्घाटन समारोहमा ‘सिएनआई प्रेसिडेन्ट अवार्ड’बाट परिसंघका पूर्वअध्यक्ष एवं प्रतिष्ठित उद्योगी सतीशसकुमार मोर सम्मानित गरिएको थियो सो अवसरमा परिसंघबाट निर्यातमा योगदान गर्ने विभिन्न संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । 

यसैगरी, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघअन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् । यसैगरी, सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरे । सम्मानित व्यक्ति तथा संस्थाहरूलाई मन्त्री भण्डारीले अवार्ड प्रदान गरेका थिए । 

सुझावित समाचार