कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने कोइराला पक्षधर बैठककाे निर्णय

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई कारबाही गरेपछि कांग्रेस नेता डा. शेखर कोइराला पक्षधरको बैठक बसेको छ। कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए। 

बैठकले  कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएर छाड्ने निर्णय गरेको छ। कारबाही विधानविपरीत र एकातर्फी भएको बैठकको ठहर छ। उनीहरूले सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने र  राजनीतिक रूपमा यसलाई सशक्त प्रतिरोध गर्ने जनाइएको छ। 

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबिच  अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको, तर बुधबार अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको बताए।
 

सुझावित समाचार