बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर २७ सय विन्दुमाथि पुगेको छ।
बुधबार नेप्से २२.०४ अंकले बढेर दुई हजार ७०५.०४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेको छ।
आज ३१६ कम्पनीको एक करोड ५८ लाख २२ हजार कित्ता सेयर सात अर्ब ४५ करोड १८ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। अघिल्लो दिनको तुलनामा यो एक अर्बभन्दा धेरैले बढी हो।
नेप्सेका १३ समूहमध्ये आज वित्त र म्युचल फन्ड एक प्रतिशतभन्दा थोरैले घट्दा बाँकी सबै समूह बढेका छन्। बैंक १.६८ प्रतिशतले बढ्दा बाँकी सबै समूह एक प्रतिशतभन्दा थेरैले उकालो लागेका हुन्।
दोहोरो अंकले बढेको बजारमा सर्वाधिक बढेको बरुण हाइड्रोपावर ६.२१ प्रतिशतले उकालो लागेको छ। पन्चकन्या माई हाइड्रोपावर ४ प्रतिशतभन्दा धेरैले बढ्दा ग्रिन डेभलभमेन्ट बैंकका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरैले गुमाएका छन्।