एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

मंगलबार, २४ असार, २०८२
डिजिटल संस्करण

स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ परिसरका सूचना अधिकारी अपिलराज बोहराका अनुसार बौद्धको एक घरमा डेरा लिएर बसेका चिनियाँ नागरिक ४० वर्षीय वाङ जियाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक करोड ४४ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले वाङलाई डेराबाट पक्राउ गरेको हो ।
 

सुझावित समाचार