पाँच वामपन्थी दलले मध्यपूर्वमा गरिएको इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय

शनिबार, २१ असार, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रलगायत पाँच वामपन्थीले इजरायलले मध्यपूर्वका मुलुकमाथि गरेको हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने भएका छन् । माओवादी कार्यालय पेरिस डाँडामा शनिबार बसेको पाँच दलको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

प्यालेस्टाइनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारविरुद्ध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए। महासचिव गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सिपी गजुरेललगायत नेताहरू सहभागी थिए ।

सुझावित समाचार