‘निर्भाना’ सिरिजको साथ नेपालमा ‘बोट’को औपचारिक प्रवेश

बुधबार, १८ असार, २०८२
डिजिटल संस्करण

भारतको अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ ।

नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको कम्पनीले ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिकमार्फत आफ्नो उपस्थितिलाई औपचारिक बनाएको हो।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुने बताइएको छ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालि (रमेश कर्पअन्तर्गतको संस्था)ले वितरण गर्दै आएको छ । बोट छोटो समयमै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्डमध्येको एक बन्न सफल भएको छ। 

बोटका सहसंस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने,  ‘नेपाल सधैँ हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौँ।’

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले औपचारिक घोषणासँगै बोटले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको बताए। ‘ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ,’ उनले भने।

See More On

सुझावित समाचार