काठमाडौंलाई नुवाकोटसँग जोड्ने मुख्य पासाङल्हामु सडकखण्ड ११ वर्षदेखि अस्तव्यस्त छ। दुई खण्डमा सडक विस्तार र कालोपत्रेको काम थालिए पनि हाल एउटा खण्डमा मात्रै काम भएको छ।
2025-06-25-05-30-50.jpeg)
अर्को खण्ड भने बेहाल अवस्थामा छ। भारतीय ठेकेदार कम्पनीले जिम्मा लिएको रानीपौवादेखि त्रिशूलीसम्म ३२ किमि सडकखण्ड अस्तव्यस्त छ।
2025-06-25-05-31-19.jpeg)
यो सडकखण्ड निर्माणका लागि ४५ करोडमा ठेक्का लगाइएको थियो। तर, ठेकेदार कम्पनीको बदमासीकै कारण सडकखण्ड हिलाम्य र धुलाम्य छ। जसले गर्दा सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ।
2025-06-25-05-31-32.jpeg)
११ वर्षअघि नै भारतीय ठेकेदारलाई सडक ठेक्का लगाइएको थियो। तीनपटकसम्म पनि ठेक्का लगाउँदा काम नभएपछि तोडिएको थियो।
2025-06-25-05-31-47.jpeg)
ठेक्का तोड्ने वेलासम्म करिब ४६ प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत आर्थिक खर्च भइसकेको थियो। भौतिक प्रगतितर्फ केही साइटमा चौडा गर्ने र ग्राभेलको काम भएको थियो।
2025-06-25-05-32-01.jpeg)
तर, लामो समयसम्म पनि कालोपत्रे नभएपछि ग्राभेल गरेको सडक खाल्डाखुल्डीमा परिणत भएको छ।
हेर्नुस् थप तस्बिरहरू :
2025-06-25-05-32-58.jpeg)
2025-06-25-05-33-15.jpeg)
2025-06-25-05-33-47.jpeg)
2025-06-25-05-33-37.jpeg)
2025-06-25-05-33-26.jpeg)