धनगढीमा सन्ध्याकालीन बजार सञ्चालन गरिने, धनगढीको बजेट दुई अर्ब ५६ करोड

सोमबार, ९ असार, २०८२
डिजिटल संस्करण

 सुदूरपश्चिमको सदरमुकाम धनगढी बजारमा सन्ध्याकालीन बजार सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरले आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा सन्ध्याकालीन बजार सञ्चालन गर्ने योजना ल्याएको हो ।     

उमहानगरकी उपप्रमुख कन्दकलाकुमारी रानाले नगर अधिवेशनमा आगामी आर्थिक वर्ष ०८२/८३ का लागि दुई अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट प्रस्तुत गरेकी छिन् । चालूतर्फ एक अर्ब ३८ करोड २६ लाख र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख विनियोजन गरिएको छ ।

चालू आवको तुलनामा ३७ करोड ६२ लाख ३३ हजारले बढाएर बजेट ल्याइएको हो । उपमहानगरले आगामी वर्ष आन्तरिक आयबाट ५४ करोड ७९ लाख ६७ हजार रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।

See More On

सुझावित समाचार