धवलशमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

सोमबार, २ असार, २०८२
डिजिटल संस्करण
धवलशमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

फाइल तस्बिर

राप्रपाका महामन्त्री धवलशमशेर राणालाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश आएको छ। जिल्ला अदालत काठमाडौंले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो।

यसअघि हाजिरी जमानीमा रिहा भए पनि फरार रहेका उनी आज सोमबार मात्रै अदालतमा उपस्थित भएका थिए।

गत १५ चैतमा राजतन्त्रको पक्षमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोपमा उनीविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुरसहित पाँच मुद्दा लगाइएको छ।

सुझावित समाचार