प्रमुख पाँच दलसँग सभामुखको छलफल जारी

सोमबार, २ असार, २०८२
डिजिटल संस्करण

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपालगायतका दलको अवरोध जारी रहेपछि सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् । 

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् । 

सभामुखले संसदमा जारी अवरोधबारे आज बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डिपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए । 

See More On

सुझावित समाचार