नेप्सेमा झिनो अंकको सुधार, ११ अर्बभन्दा बढीको कारोबार

आइतबार, १ असार, २०८२
डिजिटल संस्करण

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक ०.४७ अंकले बढेर दुई हजार ६५५.८५ को विन्दुमा कायम भएको हो ।

आज ३०८ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ९५ हजार ३७४ पटक खरिद–बिक्री हुँदा रु. ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६.९४ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह ०.४८, जलविद्युत् ०.९६, उत्पादन तथा प्रशोधन १.४७, निर्जीवन बिमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ ०.४४, वित्त ०.५९, होटेल तथा पर्यटन ०.०६, लगानी ०.७६ र जीवन बिमा ०.५४ प्रतिशतले घटेका छन् । त्यस्तै, लघुवित्त ०.३१, म्यचुअल फन्ड ०.४१ र अन्य समूह ०.४६ प्रतिशतले घटेका हुन् ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, प्युअर इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ४.४३ प्रतिशतले घटेको छ

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रु. ८९ करोड एक लाखबराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २० लाख ७५ हजार १९७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

See More On

सुझावित समाचार