कर छलीको आरोपमा कुरियर कम्पनी ‘नेपाल क्यान मुभ’का सञ्चालक र सिइओ पक्राउ

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

कुरियर तथा कार्गाे कम्पनी ‘नेपाल क्यान मुभ’ले ठुलो मात्रामा कर छली गरेको भेटिएको छ। राजस्व अनुसन्धान विभागले सो कम्पनीका सञ्चालक र सिइओलाई थुनामा राखी छानबिन गरिरहेको छ। 

विभागले कम्पनीका सञ्चालकहरू मनीषकुमार आचार्य र गंगाबहादुर थापा तथा सिइओ संगम पौडेललाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ। विभागका एक अधिकारीका अनुसार सो कम्पनीको कर छलीको छानबिनलाई अन्तिम चरणमा पुर्याएको छ। खासगरी सरकारलाई बुझाउनुपर्ने भ्याटमा ठुलो बदमासी देखिएको विभाग स्रोत बताउँछ।  गम्भीर प्रकृतिको र ठूलो परिमाणको करछली देखिएकाले उनीहरुलाई दुई सातादेखि थुनामा राखिएको विभागका अधिकारी बताउँछन्। 

सो कम्पनीका मुख्य सञ्चालक भने अस्ट्रेलियामा छन्। 

सुझावित समाचार