भिजिट भिसा प्रकरण : सहमतिका लागि रास्वपाकाे पाँचबुँदे प्रस्ताव

सोमबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा सहमतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचबुँदे प्रस्तावकाे मस्यौदा प्रस्तुत गरेको छ।

भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउने प्रस्तावकाे मस्यौदा कांग्रेस र माओवादीलाई बुझाएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन्।

प्रस्तावमा पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने, अख्तियारको अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्नेलगायतका विषय समेटिएका छन्। उक्त मस्यौदा कांग्रेस र माओवादी नेताले अध्ययन गरिरहेका छन्।

यस्ताे छ मस्याैदा :

सुझावित समाचार