स्कटल्यान्डले टस जित्यो, नेपाल पहिले बलिङ गर्दै

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

नेपालले आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध टस हारेको छ।

डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए।

नेपाल लगातार तेस्रो जितको लक्ष्यमा छ। यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

सुझावित समाचार