बाढीले डाइभर्सन बगाउँदा दुम्कीबासमा सडक अवरुद्ध

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १, दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

विनयी खोलामा एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा दिउँसो साढे ४ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। डाइभर्सन बगाएपछि दुवैतर्फ सडक अवरुद्ध भएको छ।

डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ।

डाइभर्सन मर्मतका लागि समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

सुझावित समाचार