रास्वपाले बोलायो सचिवालय र संसदीय दलको बैठक

सोमबार, २० जेठ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ। कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो १ बजे केन्द्रीय सचिवालय र ३ बजे संसदीय दलको बैठक बस्नेछ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्री केपी ओलीको संसदमा जवाफ र उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको रास्वपाले २० गते बस्ने प्रतिनिधिसभा बैठकको रणनीति बनाउन सचिवालय र संसदीय दलको बैठक बोलाएको हो । 

संसदमा बजेटमाथि छलफल २० गतेदखि प्रारम्भ गर्ने कार्यसूची छ ।

सुझावित समाचार