मिथिलाका महिलाले मनाए वटसावित्री पूजा (तस्बिरहरू)

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

आज मिथिलाञ्चलका महिलाले वटसावित्री (बरसाइत) पर्व निष्ठाका साथ मनाएका छन् । जेठ महिनाको अमावश्या तिथिका दिन मैथिल महिलाहरूले व्रत बसेर वरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् । 

संस्कृतिको धनी रहेको मिथिला क्षेत्रमा महिलाहरू वट सावित्रीको व्रत बस्ने अनिवार्य बरको रुखको पूजा गर्ने गर्दछन् । मान्यताअनुसार यस दिन सधवा महिलाले आफ्नो दीर्घ सौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन् ।

शास्त्रअनुसार अमावश्या तिथिको दिन पर्ने वटसावित्रीको पूजामा मिथिलाका महिलाले माता सावित्रीको पति परायणता देखेर यमराजले समेत उनका पति सत्यवानलाई आयुको वरदान र जीवनदान दिएको स्मरण गर्दै व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको छ । मिथिला क्षेत्रमा वटवृक्षको पूजा गर्नाले श्रीमानलाई लामो आयुको वरदान प्राप्त हुन्छ भन्ने मान्यता विद्यमान रहेको छ।

मिथिला क्षेत्रबाट राजधानी आएका महिलाले आज आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै नजिकैको बरको रुखमा विधिवत् रूपमा पूजा गरेका छन् । 

तस्बिरहरू 

सुझावित समाचार