क्यान टुक्र्याउने दुई विधेयक दफावार छलफलका लागि पर्यटन समितिमा

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफलका लागि पठाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आइतबार प्रतिनिधिसभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि पर्यटन समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए । सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।

अब यी विधेयक अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफावार छलफल हुनेछन् । समितिमा छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधिसभामा प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ । सरकारले यी विधेयक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ ।

प्रस्तावित विधेयकअनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकायका रूपमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवाप्रदायक संस्थाका रूपमा ‘नेपाल हवाई सेवा प्राधिकरण’ गरी दुईवटा संस्थामा विभाजन गरिनेछ । 

सुझावित समाचार