पूर्वमन्त्री बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय मागदाबी

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अनुसन्धानले १७ वर्ष कैद सजाय दाबी गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार एक सय ८२ रुपैयाँ भ्रष्टाचार भएको भन्दै सोबराबरको बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १(ज) अनुसार सजाय माग गरेको छ । सो दफामा एक करोडभन्दा धेरै बिगो भएको मुद्दामा १० देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ। 

त्यस्तै, उनीविरुद्ध दफा २४ को अभियोग पनि लिइएको छ। जसमा राष्ट्रपतिबाट नियुक्त हुने पदाधिकारीलाई थप तीन वर्ष कैद सजाय हुने प्रावधान छ । जसअनुसार उनीविरुद्ध तीन अर्ब २१ करोड जरिवाना १७ वर्षसम्म कैद सजाय माग गरिएको छ। उनीसहित १६ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

उता भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ। 
 

सुझावित समाचार