कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रालिले आफ्नो दोस्रो उत्पादन युनिट कपिलवस्तु नगरपालिकाको रामनगरमा सञ्चालनमा ल्याएको छ । बुधबार एक विशेष समारोहबिच जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजुले नयाँ युनिटको औपचारिक शुभारम्भ गरेका हुन् । 

उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो । सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो । नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू—‘प्रीति’, ‘टुपिएम’, ‘रमपम’सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ । कम्पनीले यी उत्पादनहरू भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्दै आएको छ । 

करिब अढाई बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिनेछ भने क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ । यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

सुझावित समाचार