बाटो चिप्लो भई पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा आज बिहानदेखि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज परेको पानीले बाटो चिप्लो हुँदा बिहान ९:१५ बाट सडक अवरुद्ध हुन पुगेको हो। विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरमाथि र पैँसठ्ठी मोडमा बाटो चिप्लो र हिलो भएको छ । 

यसअघि आइतबार पनि पानी परेका कारण दिनभर सडक अवरुद्ध भएको थियो। दाउन्नेको १४ किलोमिटर सडकमा अहिले राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक सवारी आवागमन बन्द गरेर बाटो निर्माणको काम भइरहेको छ। उक्त स्थानमा डाँडा काट्ने, कल्भर्टहरू निर्माण गर्ने, बाटो ढलान र पिच गर्ने काम भइरहेको सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले जनाएको छ।

सुझावित समाचार