सुनचाँदीको मूल्य घट्यो

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा एक लाख ८९ हजार सात सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा एक हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा एक हजार ९७० रुपैयाँ कायम भएको हो ।

सुझावित समाचार