मेरो माइक्रोफाइनान्सको क्षमता अभिवृद्धि गोष्ठी

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

मेरो माइक्रोफाइनान्स लघुवित्तले कर्मचारीको नेतृत्व क्षमता विकास गर्न शाखा प्रबन्धकस्तरीय गोष्ठी सम्पन्न गरेको छ । पोखरामा आयोजित दुईदिने कार्यक्रममा देशभरका एक सय ४९ शाखा कार्यालयका शाखा प्रबन्धक, प्रदेश कार्यालयका प्रमुख, १९ वटा अनुगमन कार्यालयका प्रमुख तथा केन्द्रीय कार्यालयका विभिन्न्न विभागका प्रमुखसहित करिब दुई सयजनाको सहभागिता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सञ्चालक समिति अध्यक्ष कल्याणविक्रम पाण्डेले वर्तमान अवस्था र चुनौतीबारे प्रकाश पार्दै सबै प्रकारको योगदान गर्न कर्मचारीलाई आग्रह गरेका थिए ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले अर्थतन्त्रमा देखिएको प्रतिकूल परिस्थितिलाई सहजै ग्रहण गर्न बजारमा आफूलाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिए । उक्त तालिममा मोटिभेटर तथा पूर्वबैंकर अनिलकेशरी शाह, लघुवित्तविज्ञ नुमनाथ पौडेल र मोटिभेसनल स्पिकर सौनक भट्टले सहजीकरण गरेका थिए । 

सुझावित समाचार