ढुंगेअड्डामा बसमा आगलागी

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा एक यात्रुवाहक बसमा आगलागी भएको छ।

कलंकीदेखि थानकोटतर्फ जाँदै गरेको बा.प्र. ०३–०१–००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको बसमा आगलागी भएको प्रहरीेले जनाएको छ। दिउँसो १ बजेको समयमा बसको फाइबरमा तार सर्ट भई आगलागी भएको प्रहरी वृत्त थानकोटले जनाएको छ।

चन्द्रागिरि नगरपालिकाको दमकल र स्थानीय पानीट्यांकरको सहायताले प्रहरी र स्थानीयहरूले करिब २० मिनेटपछि आगो नियन्त्रणमा लिएका थिए। बस पूर्ण रूपमा क्षति भएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

सुझावित समाचार