सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आव ०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाका विषयमा छलफल थालेका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका सबै मन्त्री, राज्यमन्त्री, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी र सचिवसँग छलफल गरिएको हो ।
छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कार्यान्वयन योग्य नीतिगत सुधार र प्राथमिकताका क्षेत्र पहिचान गरी सोको प्रतिवेदन १५ दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मातहतका मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् ।
नागरिक जनजीवनसँग सम्बन्धित प्रभावकारी र नवीनतम नीति, कार्यक्रम र आवश्यकतानुसारका योजना छनोट गर्न मुख्यमन्त्री शाहले निर्देशन दिएका थिए ।