रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउँदै (फाेटाेफिचर)

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण

रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउने काम भइरहेको छ। मंगलबारदेखि सुरु भएको रंग लगाउने काम बिहीबार सकिनेछ। ललितपुरका गम्भीर नेकु र अमिर नेकुले मूर्तिमा रंग लगाइरहेका छन् । रंगरोगनका लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गर्छ। मत्स्येन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ। रोगनपश्चात् मूर्ति दश कर्मका लागि तंः बहालस्थित मत्स्येन्द्रनाथ मन्दिरको एक कुनामा राखिन्छ।


 

सुझावित समाचार