डोटीमा खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण

डोटीकाे भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा आज बिहान खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हाे । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना भएकाे हाे ।

सुझावित समाचार