सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

सोमबार, ८ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज (सोमबार) हालसम्मै महँगो बनेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा एक लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो (बिहीबार) सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा एक हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुझावित समाचार