निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई प्रहरीले रिहा गरेको छ। करिब तीन घन्टा प्रहरी कार्यालयमा राखेर रिहा गरिएको हो।
सिंहदरबारभित्रै प्रदर्शनको तयारी गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। लिङ्देनसहित नेताहरू ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललगायत सातजना पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएकोमा रिहा गरिएको हो।
राप्रपाले आइतबार गरेको प्रदर्शन शान्तिपूर्वक नै भएको प्रहरीले जनाएको छ। बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरे पनि प्रहरीले असफल बनाएको थियो।