सुनको मूल्यमा सामान्य गिरावट

शुक्रबार, ५ बैशाख, २०८२
डिजिटल संस्करण

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला  एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा आठ सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला रु. एक लाख ८९ हजार आठ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
     
यस्तै, चाँदी  एक हजार नौ सय ६० रुपैयाँमा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

See More On

सुझावित समाचार