भैरहवा कारागारबाट रवि लामिछानेका ४ सन्देश

सोमबार, २४ चैत, २०८१
डिजिटल संस्करण

सहकारीको मुद्दामा पुर्पपक्षका लागि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफु विश्वस्त रहेको बताएका छन्। भैरहवा कारागारबाट सन्देश पठाउँदै उनले यस्तो बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार उनले चार सन्देश पठाएका छन् । यस्ता छन् उनका सन्देश-

१. अदालतको आदेशको सम्मान छ। कानूनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जाने प्रक्रिया अवलम्बन गर्छु।

२. न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्। 

३. पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा पुर्याउनुस्। 

४. अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।
 

सुझावित समाचार