महानगरमा सरोज गुरागाईं : कर्मचारी स्वागतमा, नगर प्रहरी बहिष्कारमा (तस्बिरसहित)

बिहिबार, २० चैत, २०८१
डिजिटल संस्करण
महानगरमा सरोज गुरागाईं : कर्मचारी स्वागतमा, नगर प्रहरी बहिष्कारमा (तस्बिरसहित)

तस्बिर : दीपेन्द्र ढुंगाना /नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई आजदेखि हाजिर गर्न पठाएपछि महानगर प्रहरी तगारो बनेको छ । मेयर बालेन्द्र शाहले कार्यालय प्रवेश नदिन नगर प्रहरी खटाएका हुन् ।

कर्मचारी भने गुरागाईंलाई भित्र्याउनुपर्ने मागसहित फूल र माला लिएर प्रवेश गराउने तयारीमा छन् । काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न दिइएको छैन । केन्द्र सरकारले गुरागाईंलाई निलम्बन फुकाउन महानगरसित अनुरोध गरेको थियो ।

गुरागाईंलाई अन्यत्र सरुवा गरेपछि महानगरमा अर्का प्रमुख प्रशासकीय अधिकृत पठाइने तयारी गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताए ।  गुरागाईंलाई सरुवा गरेपछि सहसचिव प्रेम भट्टराईलाई महानगरमा पठाउने तयारी भएको बताइएको छ । मेयर शाहले पनि भट्टराईलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाउन केन्द्रसित अनुरोध गरेको स्रोतले जनाएको छ ।


 

सुझावित समाचार