सुनको मूल्य निरन्तर अकासिँदो, तोलाको एक लाख ७९ हजार ७००

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चार दिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । 

सोमबार प्रतितोला रु. एक लाख ७७ हजार नाै सयमा कारोबार भएको सुन आज तोलामा रु. एक हजार आठ सयले बढेर रु. एक लाख ७९ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु. दुई हजार ३५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । 
 

सुझावित समाचार