सेना परिचालन होइन, लुटपाट र आगजनी नियन्त्रणमा सहयोग गर्न गएको हो : सैनिक प्रवक्ता

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण
सेना परिचालन होइन, लुटपाट र आगजनी नियन्त्रणमा सहयोग गर्न गएको हो : सैनिक प्रवक्ता

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली सेनाले काठमाडौं उपत्यकामा सेना परिचालन नभएको, तर आगजनी र लुटपाटजस्ता घटना भएका कारण त्यसको नियन्त्रणका लागि प्रहरीलाई सघाउन टोली गएको प्रस्टीकरण दिएको छ।

‘कोटेश्वर–जडीबुटी क्षेत्रमा भएको आगजनी र लुटपाटको घटना नियन्त्रणका लागि सहयोगी भूमिकामा सैनिक टोली गएको हो। यो सेना परिचालन भएको भन्ने अर्थमा लिनुहुँदैन, त्यो होइन,’ सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले नयाँ पत्रिकासँग भने।

यो कार्य सेनाको आधारभूत कर्तव्यभित्रै परेको र सैनिक इलाकाको आसपासमा घटना नियन्त्रणका लागि सहयोगी भूमिकामा सेना गएको उनले जानकारी दिए।

सुझावित समाचार