चेक बाउन्समा पक्राउ परेका जिसस प्रमुख भोलिपल्टै छुटे

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

चेक बाउन्सको कसुरमा पक्राउ परेका जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम मिलापत्र गरेर छुटेका छन्। प्रहरी वृत्त बानेश्वरले उनलाई बुधबार पक्राउ गरेको थियो।

गौतमविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा पनि उजुरी परेकोमा पैसा दिई मिलापत्र गरेर छुटेका हुन्। विगतमा उनले आयोजना गरेका कार्यक्रमको भुक्तानीको विवाद प्रहरीमा पुगेपछि उनी पक्राउ परेका थिए।

गौतम पक्राउ परेपछि जिसस काभ्रेको आयोजनामा बिहीबारदेखि धुलिखेलमा आयोजना गर्न लागेको विश्व युवा सम्मेलन महोत्सव अन्याेलमा परेको थियो। उनी छुटेसँगै कार्यक्रम छोट्याएर महोत्सव हुने भएको छ। महोत्सवमा भाग लिन ५८ देशका युवा धुलिखेल आएका छन्।

सुझावित समाचार