वेस्ट ब्यांकमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलत : बेलायत

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण
वेस्ट ब्यांकमा नयाँ बस्ती बसाल्ने इजरायली निर्णय गलत : बेलायत

तस्बिर : राेयटर्स

इजरायलको कब्जामा रहेको वेस्ट ब्यांकमा नयाँ बस्तीहरू बसाल्ने इजरायली निर्णयप्रति बेलायतले विरोध जनाएको छ।

यस क्षेत्रमा बस्ती बसाउँदा प्यालेस्टिनी र इजरायली दुवैको सुरक्षालाई हानि पुर्याउने तथा अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुने मध्यपूर्वका लागि बेलायती मन्त्री हामिस फाल्कनरले बताए।

इजरायलले बस्ती विस्तार रोकी वेस्ट ब्यांकको अस्तित्वलाई जोगाउनुपर्ने उनले भनाइ छ।

इजरायली मन्त्रिपरिषद्ले केही दिनअघि कब्जा गरिएको वेस्ट ब्यांकमा १३ वटा नयाँ बस्ती बसाउने योजनालाई अनुमोदन गरेको थियो।

सुझावित समाचार