तिलप्रसाद पौडेलले जिते मुक्तिनाथ विकास बैंकको बैंकक राउन्ड ट्रिप फ्लाइट टिकट

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक लिमिटेडका भिसा डेबिट कार्डहोल्डर तिलप्रसाद पौडेलले दुईजनाका लागि बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन्।

यस वर्षको दसैँ–तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डवाहकहरूबिच सञ्चालित विशेष अभियानअन्तर्गत पौडेलले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन्।

भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरूको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरू ल्याउने बताएका छन्। अहिले बैंकको ‘ग्लोबल मनि विक’अन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भइरहेका छन्।

सुझावित समाचार