गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा नाै सय र चाँदी तोलामा १५ ले घटेको छ ।
गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज नाै सयले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद–बिक्री भएकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।