दुई सातापछि प्रदेशका निकायमा भुक्तानी नियमित

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

 लेखा अधिकृतहरूको आन्दोलनका कारण दुई सातादेखि ठप्प रहेको सुदूरपश्चिम प्रदेश सरकारमातहतका निकायको भुक्तानी नियमित भएको छ । लेखा अधिकृतहरूले आन्दोलन फिर्ता लिएर काममा फर्कन सहमत भएपछि भुक्तानी सुरु भएको हो । 

प्रदेश सरकार माग सम्बोधनका लागि सकारात्मक देखिएपछि आन्दोलन फिर्ता लिइएको उनीहरूले बताएका छन् । वृत्तिविकासको माग गर्दै प्रदेशका लेखा अधिकृतहरू गत २० फागुनदेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरूले आफ्ना मागको सुनुवाइका लागि दबाब दिन मुख्यमन्त्रीको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयमा धर्ना दिँदै आएका थिए । 

मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनरत लेखा अधिकृतसँग बिहीबार छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत बलदेव कपाडीले बताए । उनले सरकारी निकायको भुक्तानी सुचारु भएको जानकारी दिए । लेखा अधिकृतको आन्दोलनका कारण विकासे अड्डाहरूले निर्माण कम्पनीहरूलाई विकास निर्माणका कामको पेस्की र रकम भुक्तानी दिन सकेका थिएनन् । 

सुझावित समाचार