बेलौरीको महाकालीमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित

बुधबार, ६ चैत, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको छ। मंगलबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको प्यानलै निर्वाचित भएको हो। 

अखिल क्रान्तिकारीका नेता दीपक चौधरी नेविसंघका महेन्द्र भाटलाई ३५ मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका छन्। अखिल क्रान्तिकारीका चौधरीले १३८ मत ल्याए भने नेविसंघका भाटले १०३ मत ल्याएका थिए।

सचिवमा अखिल क्रान्तिकारीकै लक्ष्मी बडायक र कोषाध्यक्षमा दब्बोरा नेपाली निर्वाचित भएका छन्। यस्तै, सदस्यमा हिरा कुँवर, जीवन राना, जयन्ती लुहार, सम्झना चौधरी, हेमन्ती राना निर्वाचित भएका छन्। अघिल्लोपटक उक्त क्याम्पसमा नेविसंघले जितेको थियो । ३६४ मतदातामध्ये ३०९ मत खसेको थियो। 
 

सुझावित समाचार