एनसी एग्रो टेकको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

एनसी एग्रो टेक इन्डस्ट्रिजले सर्वसाधारणमा आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित दरका १८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । 

कम्पनीले धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । आइपिओ निष्कासनसम्बन्धी सम्झौतामा एनसी एग्रोका सञ्चालक दीपकप्रसाद न्यौपाने र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले स्वदेशी कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आइरहेको छ । यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्किटेल, सिताके, ग्रिफोलालगायतका च्याउ तथा यी च्याउका माइसेलियस उत्पादन गरी विदेशमा समेत निर्यात गरिरहेको कम्पनीले जनाएको छ ।
 

सुझावित समाचार