‘भ्वाइस युनिभर्स’ र ‘डान्स युनिभर्स’को पूर्वी अडिसन सुरु

सोमबार, ३ चैत, २०८१
डिजिटल संस्करण

सर्वाधिक पुरस्कार राशि रहेका दुई रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को पूर्वी अडिसन शनिबारदेखि सुरु भएको छ । अडिसन कार्यक्रममा आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले वरिष्ठ गीतकार शिवशंकर थापा र वरिष्ठ गायक कुबेर राईलाई नगदसहित सम्मानसमेत गरेका थिए । 

आयोजकका अनुसार पूर्वी क्षेत्र अडिसनमा दुवै सोका लागि ११ सय ४३ प्रतिभाले नाम दर्ता गराएका छन् । संसारभरका नेपाली प्रतिभाबिच प्रतिस्पर्धा गराउने यी दुई रियालिटी सोहरूको लन्डन, पोर्चुगल,अस्ट्रेलिया, जापान, थाइल्यान्ड, हङकङ, दुबई, कतार, मुम्बई र सिलिगुडीका अडिसन सम्पन्न भइसकेका छन् । पोखरा र नेपालगन्जपछि १६ र १७ चैतमा काठमाडौंमा अडिसन हुने बताइएको छ ।

प्रथम हुनेले एक करोड, उपविजेताले २५ लाख र तृतीय हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सुझावित समाचार