नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको अध्यक्षमा एजाज आलम चयन भएका छन् । बुटवलमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा बुटवलका उद्योगी आलम निर्विरोध चयन भएका हुन् । यसअघि रुपन्देही उद्योग संघसहित विभिन्न सस्थाको नेतृत्व गरिसकेका आलम नेपाल उद्योग परिसंघको लुम्बिनी प्रदेश अध्यक्षसहित विभिन्न सस्थाको नेतृत्वमा रहेका छन् ।
आलमसँगै महासंघको कार्यसमिति निर्विरोध चयन भएको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा बालाजु औद्योगिक क्षेत्रका वीरेन्द्रनाथ भट्टराई, प्रथम उपाध्यक्षमा पाटनका राजेश्वरलाल जोशी र द्वित्तीय उपाध्यक्षमा हेटौँडाका सुदीप घिमिरे चयन भएका छन् । त्यस्तै, महासचिवमा भक्तपुरका सागर शर्मा, सचिवमा पोखराका सुरेशबहादुर श्रेष्ठ, कोषाध्यक्षमा बालाजुका कान्छा थापा र सहकोषाध्यक्षमा नेपालगन्जका जगदीश उप्रेती चयन भएका छन् । महासंघमा अध्यक्षबाहेकको पदाधिकारी निर्वाचित सदस्यहरूबाट चयन गर्ने व्यवस्था रहेको छ ।
महाधिवेशनबाट एसोसिएट सदस्यमा हेटौँडाका सुयशराज पराजुली र पदेन सदस्यहरूमा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालल, भक्तपुरका पवन मित्तल, हेटाँैडा औद्योगिक क्षेत्रका बद्रीनाथ शर्मा, बालाजुका मोतीउर रहमान देवान, नेपालगन्जका किरणकुमार कार्की, पोखराका रुद्रलाल श्रेष्ठ, वीरेन्द्रनगरका कलाधर उपाध्याय, धरानका मानमोहन श्रेष्ठ र गजेन्द्र नारायणका मिलन सिंह महासंघको पदेन सदस्य निर्वाचित भएका छन् ।