पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। उनी पोखराबाट समिट एयरको विमान चार्टर गरेर काठमाडौं आएका हुन्।
पूर्वराजाको स्वागतमा हजारौँ समर्थकहरू विमानस्थलबाहिर जम्मा भएका छन्। तर, विमानस्थलभित्र भने सुनसान छ। प्रहरीले कसैलाई पनि पस्न दिएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका छन्।





