दक्षिण अफ्रिकामा एआई पूर्वाधार बनाउन ३० करोड डलर लगानी गर्दै माइक्रोसफ्ट

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

माइक्रोसफ्टले सन् २०२७ को अन्त्यसम्ममा दक्षिण अफ्रिकामा आफ्नो क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार विस्तार गर्न ५.४ बिलियन रेन्ड (करिब ३० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ।

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले जोहानेसबर्गमा आयोजित एक कार्यक्रममा यो घोषणा गरेका हुन्। उक्त कार्यक्रममा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा पनि उपस्थित थिए।

स्मिथले दक्षिण अफ्रिकाको जोहानेसबर्ग र केप टाउनमा पहिलो इन्टरप्राइज–स्केल डाटा सेन्टर स्थापना गर्न विगत तीन वर्षमा कम्पनीले २० बिलियन रेन्ड लगानी गरेको बताए।

कार्यक्रममा रामाफोसाले माइक्रोसफ्टको लगानीको स्वागत गर्दै यसले दक्षिण अफ्रिका र यसको अर्थतन्त्रमा निरन्तर विश्वास झल्काउने उल्लेख गरे। ‘दक्षिण अफ्रिकी अर्थतन्त्रमा अपार सम्भावना छ र व्यापार गर्नको लागि एक अनुकूल ठाउँ हो, जहाँ उनीहरूको लगानी सुरक्षित छ,’ उनले भने।

सुझावित समाचार