भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका– १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ। अन्दाजी ३०–३५ वर्षको देखिने पुरुषको शव नग्न अवस्थामा शनिबार अपराह्न पौने ४ बजेको समयमा फेला परेको हो।
स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ। मृतकको परिचय नखुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। उक्त स्थानमा प्रहरी वृत्त जगातीबाट डिएसपी रमेश पालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको उनले बताए।
शरीरमा गहिरो चोट नदेखिए पनि नग्न अवस्थामा शव फेला परेकाले हत्याको आशंका गरिएको छ। अहिले मुचुल्का उठाउने कार्य भइरहेको र त्यसपछि थप अनुसन्धान अघि बढ्ने एसपी बुढाथोकीले बताए।